Connect with us
Kapilvast Forest

२०८४ सालमा कांग्रेस-एमालेले गठबन्धन गरुन्:प्रचण्ड

२०८१, ९ फाल्गुन शुक्रबारमा प्रकाशित

प्रचण्डले माओवादी एक्लै जनताकोमा जान चाहेको जिकिर गरे । ‘हामी एक्लै जनतामा जान्छौँ। हामी जनताको तागतमा विश्वास गर्छौँ। जनतालाई मेरो अपील छ- तपाईंहरू एकताबद्ध हुनुस्, आफ्नो तागत देखाउनुस्।’

प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताएका छन् ।

”संविधान निर्माणको बेला नै हामीले केही ‘रिजर्भेसन’ राखेका छौँ। संविधान संशोधन नै गर्ने हो भने हामी तयार छौँ। तर, कसका लागि, कसको पक्षमा ? यो महत्वपूर्ण प्रश्न हो,’ उनले भने ।

प्रचण्डले माओवादी केन्द्र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको उल्लेख गर्दै भने, ‘यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ।’

प्रचण्डले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको जिकिर गर्दै भने, ‘हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएका छौँ। बीचमा हाम्रो वर्गपक्षधरता कमजोर भयो। अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा छौँ। यसमा दह्रोसँग उभिन्छौँ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu