पोखरा बमकाण्ड आशंकामा१ जना पक्राउ
पोखरा । नेकपाको चुनावीसभा नजिकै बम बिस्फोट गराएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । बुधबार, पोखरा महानगपालिका ९ प्रदशनी केन्द्र नजिकै नेकपा नेता सुवासचन्द्र नेम्वाङले सभा सम्बोधन गरि रहेको बेला बम बिस्फोट भएको थियो ।
उक्त बम बिस्फोट गराएको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । निजलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।