Connect with us
Kapilvast Forest

विप्लव समूहका भोजपुर सेक्रेटरी बम विष्ट कारागार चलान

२०७६, ११ मंसिर बुधबारमा प्रकाशित

११ मंसिर, भोजपुर । नेत्रविक्रम चन्द (विप्लव) समूहका भोजपुर जिल्ला सेक्रेटरी बम विष्टलाई पुर्पक्षका लागि कारगार चलन गरिएको छ । मङ्गलबार जिल्ला अदालत भोजपुरका न्यायाधीश खिलानाथ रेग्मीको इजलासले विष्टलाई पुर्पक्षको लागि कारागार पठाएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

विष्टलाई भोजपुर नगरपालिका–१२ बेहेरे दोभान र रामप्रसा दराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको स्काभेटरमा जेसिबीमा आगजानी, टेम्केमैयुङ गाउँपालिका–१ को वडा तिम्माको कार्यालयमा आगजानी, रामप्रसाद राई गाउँपालिका–१ को ओख्रेको डाँडाखर्कमा रहेको एनसेलको टावरमा आगजानी गर्नुका साथै हातहतियार, विस्फोटक पदार्थलगायत अपराधिक मुद्दा दर्ता भएको जिल्ला अदालत भोजपुरले जनाएको छ ।

टेम्केमैयुङ गाउँपालिका–५, खावा घर भएका जिल्ला सेक्रेटरी विष्टलाई भोजपुर नगरपालिका–१०, भैँसीपङ्खाको गजुरमुखी भिरछेउको जङ्गलबाट गत असोज ५ गते पक्राउ परेको थियो । पक्राउ परेका विष्टको साथबाट प्रहरीले दुई थान इटालियन अटोमेटिक पेस्तोल, डायरी, सिमकार्ड, मोबाइल दुई थान, १० राउण्ड गोली, ह्याण्ड ग्रिनेट एक थान पनि फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट चन्दाको माग गर्दै लेखिएका पत्र र पार्टीका पर्चा फेला परेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu