Connect with us
Kapilvast Forest

विप्लवद्वारा सी गार्मेन्ट उदघाटन, आत्मानिर्भर बन्न आग्रह

२०८१, २१ फाल्गुन बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिका–१, बनकट्टामा  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहले  ‘सी गार्मेन्ट’ संचालन गरेको छ  ।  कार्यक्रमका प्रमुख अतिथि नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गार्मेन्टको  उद्घाटनमा बोल्दै  स्वदेशी उत्पादनलाई आत्मनिर्भर अर्थतन्त्रको जग बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा आत्मनिर्भर अर्थतन्त्रको मार्गमा हिँड्ने पार्टीको रूपमा  अगाडि  बडेको भन्दै सबैलाई  उत्पादन  र ब्यवसायमा लाग्न आग्रह  गर्नु भयो ।

स्वदेशी उत्पादन र श्रमको सम्मान नगरी आर्थिक क्रान्ति सम्भव नभएको भन्दै  नागरिकलाई  आर्थिकसंग  जोड्न सी गार्मेन्ट  जस्ता उत्पादनमूलक उद्योगहरूले टेवा पुराउने बताउनु भयो ।

यो गार्मेन्ट संचालनमा आएसंगै   स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्रमा सहयोग  हुने बताउनु भयो ।

नेकपाले विभिन्न उत्पादनमूलक उद्योग सञ्चालन गरी पार्टीको आर्थिक सशक्तिकरण गर्ने योजना बनाएको बताउनु भयो ।  गार्मेन्टमार्फत उत्पादन गरिएका सामग्रीहरू स्थानीय तथा राष्ट्रिय बजारमा बिक्री गरिने उहाँले बताउनु भयो ।

गार्मेन्ट सञ्चालनबाट नेपाली जनतालाई स्वदेशी वस्तु प्रयोग गर्न उत्प्रेरित गर्ने तथा स्थानीय स्रोत-साधनको अधिकतम उपयोग गर्ने उद्देश्य रहेको बताउनु भयो । नेकपाले संचालन  गरेको गार्मेन्टको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य एवम् पूर्व वन मन्त्री अर्जुन केसीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न यस्ता लघु तथा मध्यम उद्योगहरू आवश्यक रहेको बताउनुभयो ।

उत्पादनशील अर्थतन्त्रको विकास र आत्मनिर्भर आर्थिक प्रणालीको आवश्यकता रहेको  भन्दै  आर्थिक क्रियाकलापमा जोड दिनुपर्ने जोड दिनु भयो  ।

कार्यक्रम लाई सम्बोधन  गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नगरपालिकाले उद्यमशीलतालाई प्रवर्द्धन गर्ने नीति लिएको भन्दै  उद्योगहरू नगरकै विकासको लागि महत्त्वपूर्ण रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका जिल्ला उपसभापति हुमकान्त खनाल, नेपाल आदर्श माविका प्रधानाध्यापक मुक्ती पोख्रेल लगायतका व्यक्तिहरूले  शुभकामना मन्तव्य राख्दै, उद्योग स्थापनाले रोजगारीको अवसर सिर्जना गर्न योगदान पुग्ने धारणा राख्नु भएको  थियो ।
आर्थिक सशक्तिकरण, स्वदेशी उत्पादन प्रवर्द्धन र स्थानीय रोजगारी सिर्जना गर्ने मुख्य  उदेश्य  सहित गार्मेन्ट संचालनमा ल्याएको  संचालक सन्तोसी बिश्वकर्माले  बताउनु भयो । कार्यक्रममा स्थानीय समाजसेवी, उद्योगी, शिक्षक, विद्यार्थी, पत्रकार तथा नेकपाका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj