Connect with us
Kapilvast Forest

प्रहरीको आडमा जोताई

२०७६, १२ मंसिर बिहीबारमा प्रकाशित

कपिलवस्तु मंसीर १२, सुद्धोदन गाउपालिका– ६ बराहामा बिवादीत ८ नम्बर ऐलानी सरकारी जग्गामा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ७० जना बढी सुरक्षाकर्मीको सुरक्षा घेरामा १ कठ्ठा ३ बिघा ६ धुरमा ट्याक्टरले जोतेर गहु रोपियो । नेकपा पक्षधर ताराती केवट र का्रंगे्रस निकट रामचन्द्र कुर्मी बिच जग्गाको स्वामित्वमा बिवाद । सोनमती चाईले मृत्यु हुन पुर्व धर्मपुत्र बनाएको सेवा गरे बापत सोनमती जग्गा दिएकी थिईन ।

उता रामचन्द्रल २०२७ साल देखि नै सो जग्गा आफुले भोगचलन गरेको र बिवादीत बने पछि गत बर्ष गाउले हरुको निर्णय अनुसार त्यहा बृक्षारोपण गरिएको बताए । तर सो रुखहरु तारामतीका मान्छेहरुले उखालेर फालेको र त्यस बिरुद्ध अदालतमा मुद्दा समेत दिएको बताउछन ।

सरजमिन मुचुल्का पछि गाउपालिकाकी उप प्रमुख सुधादेबी पाण्डेयकोे अध्यक्षतामा रहेको न्यायिक समिितले सो जग्गा रामचन्द्रको ठहर रहेको लिखित निर्णय गरेकी छिन । प्रहरी प्रशासनमा लामो सयम देखि सो बिवादका बिषमाय छलफल हुदा समाधान हुन सकेन । नेकपा र कांग्रस नेता बिच समेत सो बिषयमा जसरी पनि जोत्ने र जसरी पनि रोक्ने बिषयमा जुंगाको लडाई देखियो ।

अन्ततः प्रहरी प्रशासनले नेकपाका नेताहरुको दवाव कै बिच प्रहरीको हस्तक्षेप पछि जोताई गरायो । सो जग्गा सहीत ८४ बिघामा गाउलेहरुले जोतभोग गर्दै आएका छन । त्यही जग्गामा किन बिवाद भन्ने नेकपा नेता काशिराम यादव को भनाई छ ।

उता बिवादी तथा सरकारी जग्गामा प्रहरी प्रशासनले दमान गरी जबरजस्ती जोताई र रोपाई गरिएको कांग्रेस नेता ललित गुरुङ बताउछन । प्रहरीको आडम गर्रिएको यो रोपाईले के त्यहाको जग्गाको स्वामित्पवको बिवाद अन्त्य हुन्छ र ?

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu