Connect with us
Kapilvast Forest

मदरसा बोर्ड सदस्यमा नसरुल्लाह मनोनीत

२०८१, १० चैत्र सोमबारमा प्रकाशित

सनिउल्ला धोबी-

कपिलवस्तुको कृष्णनगरका मुस्लिम अगुवा तथा समाजसेवी नसरुल्लाह खानलाई लुम्बिनी प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन समितिको सदस्य पदमा मनोनीत गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले खानलाई मदरसा बोर्ड सदस्य पदमा मनोनीत गरेको हो ।

मुस्लिम समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन मदरसा शिक्षा व्यवस्थापन कार्यविधि, २०७६ को परिधिभित्र रहेर कार्य गर्दै आएको समितिको सदस्यको रूपमा खानले योगदान दिनेछन ।

यसै सन्दर्भमा, चैत १२ गते सामाजिक विकास मन्त्रालयमा सपथ ग्रहण तथा बैठक आयोजना हुने मन्त्रालयद्वारा जारी पत्रमा उल्लेख छ।

नसरुल्लाह खान समाजसेवीका रूपमा लामो समयदेखि मुस्लिम समुदायको शिक्षाका क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उहाँको मनोनयनसँगै समुदायमा सकारात्मक प्रतिक्रिया देखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj