Connect with us
Kapilvast Forest

३५ वर्ष मा ३ छोरी जन्माएर अमेरिकन नागरिक बने, सन्तान छोडेर बाबुआमा फर्किए आफ्नो देश

२०८१, १२ चैत्र बुधबारमा प्रकाशित

वासिङ्टन डीसी –

डोनाल्ड ट्रम्प दोहोर्‍याएर राष्ट्रपति बनेपछि उनको प्रशासनले अवैध आप्रवासीहरूविरुद्ध कडा कारबाही गरिरहेको छ । प्रशासनले अवैध रूपमा बसिरहेका विदेशीलाई धमाधम डिपोर्ट गरिरहेको छ ।
यसै क्रममा प्रशासनले विगत ३५ वर्षदेखि अमेरिकामा बसोबास गरिरहेका एक जोडीलाई उनीहरूको जन्मभूमि कोलम्बियामा निर्वासित गरेको छ । ती दम्पतीका छोराछोरी अमेरिकी नागरिक भएकाले उनीहरूलाई चाहिँ अमेरिकामै छोडिएको छ ।

सञ्चारमाध्यमहरूमा छापिएका खबरअनुसार ती जोडी अमेरिकामा अवैध रूपमा बस्दै आएका थिए । तर अथक प्रयास गर्दा पनि उनीहरूले अमेरिकी नागरिकता पाउन सकेनन् । फेब्रुअरी २१ मा जोडी नियमित अनुसन्धानको लागि अमेरिकी आप्रवासन भन्सार तथा प्रवर्तन कार्यालय पुगेका थिए ।
यसपछि उनीहरूलाई करिब तीन हप्ता अघि हिरासतमा लिइयो । केही दिन हिरासतमा राखेपछि दुबैलाई मार्च १८ मा कोलम्बिया पठाइएको छ । ती जोडीको पहिचान ग्लेडिस गोन्जालेज र नेल्सन गोन्जालेजको रूपमा गरिएको छ । दुवैको उमेर क्रमशः ५५ वर्ष र ५९ वर्ष छ ।

अमेरिकामा छोराछोरी आफुहरु देश निकाला भएपछि दम्पतीको परिवार निराश छ । यो दम्पतीका तीन छोरीहरू छन् । यीमध्ये सबै अमेरिकी नागरिक हुन् । आमाबाबु गत महिना सान्ता आनाको अध्यागमन अदालतमा गएको उनीहरूको छोरी स्टेफनी गोन्जालेजले मिडियालाई बताइन् । बाउआमाले सन् २००० देखि त्यसो गर्दै आएका थिए । आफ्ना आमाबाबु कानुन पालना गर्ने व्यक्ति भएको र कहिल्यै कानुन तोडेका नभएको दम्पतीको छोराछोरीको भनाइ छ ।

चार दशकदेखि अमेरिकामा परिवार बसाउँदै आएका जोडीलाई अचानक निर्वासन गर्दा आफूहरू स्तब्ध र दुःखी दुवै भएको परिवारले भनेको छ । उल्लेखनीय छ कि राष्ट्रपति ट्रम्प सत्तामा आएदेखि नै अमेरिकामा बसोबास गर्ने अवैध आप्रवासीहरूलाई देश निकाला तीव्र पारको छन् । अहिलेसम्म हजारौँ मानिसहरूलाई अमेरिकाबाट देश निकाला गरिसकेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu