Connect with us
Kapilvast Forest

राजावादी आन्दोलन उग्र बनेपछि गृहले बोलायो आकस्मिक बैठक

२०८१, १४ चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं –

राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको हो । अहिले गृहमा बैठक चलिरहेको र प्रदर्शनको समीक्षा गर्दै अबको योजनाबारे निर्णय हुने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।

‘राजावादी समूहको प्रदर्शनबारे समीक्षा गर्दै अबको योजनाबारे निर्णय गर्न बैठक बसेको छ । कर्फ्यु पनि लाग्दैछ’ गृहमन्त्री लेखकको सचिवालयले भन्यो । ५/१० जनाको समूह जम्मा हुने र जत्तातत्ते आगो लगाउँदै हिँड्ने गरेको देखिएको गृहले जनाएको छ ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj