Connect with us
Kapilvast Forest

नेपाली लेखक संघको आठौं राष्ट्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा बियोगी बुढाथोकी बिजयी

२०८१, १६ चैत्र आईतवारमा प्रकाशित

लुम्बिनी-
नेपाली लेखक संघको अध्यक्ष पदमा वियोगी बुढाथोकी बिजयी भएका छन । आफ्ना प्रतिस्पर्धी डा.रत्नमणि नेपालबाट ५६ मतको अन्तरले बियोगी बिजयी हुनु भएको हो । बियोगीले १ सय १५ प्राप्त गर्दा डा.रत्नमणि नेपाललले ५९ मत प्राप्त गर्नु भएको निर्बाचन समितीले जनाएको छ ।
त्यसैगरी लेखक संघको सह–अध्यक्ष पदमा डा.शैलेन्दु प्रकाश नेपालले ६९ मत प्राप्त गर्दा मनोज न्यौपानेले १ सय २ मत प्राप्त गरी बिजयी हुनुभएको छ भने महासचिव पदमा प्रकाश बिमिलले ४९ मत प्राप्त गर्दा सोझो गाउँलेले १ सय २६ मत प्राप्त गरी बिजयी हुनु भएको छ ।
आठौं राष्ट्रिय अधिवेशनमा कुल ३९ पदकालागि ४६ जनाले उम्मेदवारी दिनु भएको थियो । ती मध्ये ६ उपाध्यक्ष, एक उप‐महासचिव, एक जना कोषाध्यक्ष, चार जना सचिव, र २४ जना सदस्य पदमा एकल उम्मेदवारी दर्ता भएकाले उहाँहरू स्वतः निर्विरोध निर्वाचित हुनु भयो ।
नेपाली लेखक संघको उपाध्यक्ष पदमा दामु मर्सिफुल, डा. इश्वरमणी अधिकारी, डा.विष्णु केसी र डा.शसी थापा पण्डित, कोषाध्यक्ष पदमा बिसु कुमार केसी, उप महासचिवमा नारायण सापकोटा सचिवमा निर्मल ढुंगाना, डा.लोकेन्द्र बहादुर खडका, मिलन समीर र निर्मला कोइराला तथा २४ केन्द्रिय सदस्य पदमा ईन्द्र लम्साल लगायत निर्बिरोध निर्बाचित हुनुभएको निर्बाचन संयोजक धर्मेन्द्र नेम्वाङले बताउनुभयो । निर्बाचनमा कुल १ सय ८२ जना मध्ये १ सय ७६ जनाले मतदान गर्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj