Connect with us
Kapilvast Forest

विद्युतीय सुरक्षा दिवसका अवसरमा तौलिहवा र कृष्णनगरमा निकालियो प्रभातफेरी

२०८१, २५ चैत्र मंगलवारमा प्रकाशित

कपिलवस्तु –
विद्युतीय सुरक्षा दिवसका अवसरमा कपिलवसतुको तौलिहवा र कृष्णनगरमा सचेतनामुलक प्रभातफेरी निकालिएको छ । नेपाल बिद्युत प्राधिकरण तौलिहवा र कृष्णनगर बितरण केन्द्रको अगुवाईमा प्रभातफेरी निकालिएको हो । प्रभातफेरीमा बिद्यतीय सुरक्षा सम्बन्धी बिभिन्न सचेतनामुलक प्लेड समेत सहभागीले लिएर हिडको थिए ।

तौलिहवा बितरण केन्द्रका प्रमुख गौरव पाण्डेय नेतृत्वमा प्रभातफेरी निकालिएको थियो । सदरमुकाम तौलिहवामा बिद्युत कार्यालय देखि निकालिएको प्रभातफेरीले प्रशासन कार्यालय हुदै तौलिहाव बजारका परिक्रमा गरेको थियो । यस्तै कृषण्नगर बितरण केन्द्रका प्रमुख सुशील पौडेलको अगुवाईमा निकालिएको प्रभातफेरीले कृष्णनगर बजारका परिक्रमा गरेको थियो । बाणगंगा नदीको पश्चिम तौलिहवा र पुर्व कृष्णनगर बितरणले बिद्यतु आपुर्ति गर्दै आएको छ ।

सवाधानी नपानाईदा करेन्ट लागेर मानिसहरुको मृत्यु सहीत धनजनको क्षति हुने गरेको तौलिहवा बितरण केन्द्रका प्रमुख पाण्डेयले बताए । पलोभनमा नपरी बिद्युतको सुरक्षित उपयोग, सुरक्षा प्रति चासो लिनु पर्ने बताए । यस्तै प्राधिकरण कृष्णनगरका प्रमुख पौडेलले सुरक्षा सामाग्री सहीत आफु सुरक्षित हुनु पर्ने र बिद्यतु चोरीलाई निरुत्साहीत गर्नु पर्ने बताए । बिद्युतको सुरक्षित आपुर्ति, प्रयोग गरिए संभाबित घटनाबाट बच्न सक्ने बताइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj