Connect with us
Kapilvast Forest

दाङ मा उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा

२०७६, १३ मंसिर शुक्रबारमा प्रकाशित

दाङ । दाङको निर्वाचन क्षेत्र नं ३ (ख) र घोराही १६ मा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । उपनिर्वाचनमा सुरक्षा कमजोरी हटाउन सुरक्षा हाइअलर्टमा राखिएको हो । विगतका निर्वाचनमा भएका हिंसात्मक घटनाको समिक्षा गर्दै जिल्लाको सुरक्षा हाईअलर्टमा राखिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए ।

अहिले पनि केही सम्भावित त्यस्ता घटना हुनसक्ने आकलन गरेर सुरक्षालाई हाइर्लटमा राखिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

०५१, २०६४, २०७०, २०७४ लगायतका निर्वाचनमा ज्यानै समेत जाने गरी भएका घटनाका कारण यस पटकको उपनिर्वाचनमा पनि सुरक्षालाई हाईअलर्टमा राखिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । जिल्लाको सुरक्षाका लागि तीनै तहको सुरक्षा निकाय परिचालन भएको छ । सुरक्षा निकायका तीनवटा संयन्त्रलाई विभिन्न तरिकाले प्रयोग गरिएको उनले बताए ।उनले नेपाल आर्मी नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा अनुसन्धान प्रहरी सुरक्षाका लागि निर्वाचन क्षेत्रमा परिचालन गरिएको बताए । स्थलमार्ग, मोबाइल गस्ती विशेष सूचकको परिचालन समेत गरिएको छ ।

१० मिनेटमा मतदान स्थलमा पुग्ने गरि छुट्टै मोबाइल र क्वीक रेस्पान्स फोर्सको समेत परिचालन गरिएको छ । मतदातालाई सुरक्षित रुपमा मतदान गर्ने वातावरण तय गर्न र मतदाता, मतदानस्थल मतपेटिका र कर्मचारी, नागरिकको सुरक्षाका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको उनको भनाई छ । उपनिर्वाचनका लागि ७३ हजार मतदाता रहेका छन् । साडे ४ सय कर्मचारी र दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu