कैलालीमा नदीमा डुबेर बालकको मृत्यु
धनगढी –
कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ ।घोडाघोडी नगरपालिका(११ को सिसैयामा कान्द्रा नदीमा डुबेर सोही ठाउँका १३ वर्षीय उपेन्द्र कडायतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी कबिन्द्रसिंह बोहराले नुहाउने क्रममा डुबेर बेपत्ता भएका कडायतको शव फेला परेको बताए । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।