कपिलवस्तुमा भरुवा बन्दुक सहित एकजना पक्राउ
कपिलवस्तु –
कपिलवस्तु प्रहरीले भरुवा बन्दुक सहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको बाणगंगा नगरपालिका-१ बैरिया घर भएका गंगाराम थारुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रकाश थरुको घर खानतलासी गर्दा प्रहरीले लाइसेन्स नभएको भरुवा बन्दुक बरामद गरेको हो । ५८ वर्षीय गंगाराम थारुमाथी अदालतबाट म्याद लिएर अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।