Connect with us
Kapilvast Forest

उपनिर्वाचनकाे सबै तयारी पूरा

२०७६, १३ मंसिर शुक्रबारमा प्रकाशित

भक्तपुर । मंसिर १४ गते हुने भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा हुने उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी र निर्वाचन सामग्री मतदान केन्द्रसम्म पुगिसकेको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मतदान केन्द्र, मतदान स्थल र निर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडाइँ गरिने बताउँदै सुरक्षाको हिसाबले सुरक्षित हुने गरी सम्पूर्ण तयारी भईसकेको उहाँले बताउनुभयो ।

आवश्यकताअनुसार सुरक्षाकर्मी थप गर्न सक्ने बताउँदै उहाँले मतदानस्थलमा नेपाल प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुने जानकारी दिनुभयो । उहाँले सादा पोशाकमा सुरक्षाकर्मी पनि आवश्यकताअनुसार तैनाथ हुने बताउनुभयो । शान्तिपूर्ण रुपमा मतदान गर्ने गरी तयारी पूरा भएको जानकारी दिँदै प्रजिअ भट्टले कुनै पनि ठाउँमा केही घट्ना भएमा तत्कालै थप सुरक्षाकर्मी पुग्ने गरी तयारी अवस्थामा राखिएको बताउनुभयो ।

उहाँले निर्वाचनका दिन मध्यपुरथिमिको राधेराधेदेखि अरनिको राजमार्गको उत्तरतर्फको क्षेत्रमा १३ गते राति १२ बजेदेखि १४ गते रातिसम्म यातायातको साधन सञ्चालनमा रोक लगाउने बताउँदै निर्वाचन हुने क्षेत्रहरुमा अनुमति पत्र पास बाहेकका सवारी साधनलाई पूर्णरुपमा रोक लगाउने बताउनुभयो ।

निर्वाचनका दिन निकोसेरा, खस्याङ्गखुस्कुङ्ग पुल, सल्लाघारी, व्यासी, भक्तपुर बजार, कमलविनायक, च्यामासिंह, नाला जाने सडकबाट उत्तरतर्फ पूर्णरुपमा यातायातको साधन चल्न नपाउने भएको छ ।

प्रदेशको निर्वाचनका लागि ९ दलका ९ उम्मेदवार र १० स्वतन्त्र उम्मदेवार गरी कूल १९ जना चुनावी मैदानमा रहेका छन् । यस प्रदेशमा २२ मतदान स्थल र ५४ मतदान केन्द्र रहेका छन् ।

यो प्रदेश सभामा चाँगुनारायण नगरपालिकाको ९ वटै वडा र भक्तपुर नगरपालिकाको वडा नम्बर १० पर्छ । यस क्षेत्रमा ४५ हजार १५ मतदाता रहेका छन् । यस क्षेत्रका प्रदेशसभाका प्रदेश सांसद हरिशरण लामिछानेको निधनपछि रिक्त रहेको क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu