राष्ट्रपति रामचन्द्र पौडेलले गरे बर्खे अधिवेशनको आह्वान
काठमाडौं –
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बर्खे अधिवेशनको आह्वान गरेका छन्। वैशाख १२ गते शुक्रबार दिउँसो १ बजेका लागि दुवै सदनको बैठक (अधिवेशन) आह्वान गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गतेका लागि संसद् बैठक आह्वान गर्न सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा संसद्का हिउँदे र वर्खे अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ।