Connect with us
Kapilvast Forest

दवैबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही

२०८२, ३ बैशाख बुधबारमा प्रकाशित

काठमाडौं-

वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी शेखर खनालका अनुसार सो कार्यमा संलग्न तीन जनालाई विमानस्थल सुरक्षाबाट हटाइएको हो ।साथै, उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको एसएसपी खनालले बताए ।

दूबईबाट ३१ चैतमा काठमाडौं आएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहारमा परेका थिए ।उनले ‘प्रहरीको व्यवहार’ भन्दै सामाजिक सञ्जाल टिकटकमा भिडियो राखेका थिए ।ओझाका अनुसार, १० दिनको बिदामा काठमाडौं आएर विमानस्थलबाहिर निस्किँदै गर्दा एक जनाले उनलाई ट्रली बाहिर ल्याएको विषयमा विवाद गरेका थिए ।आफूलाई विमानस्थलकै कर्मचारी बताउने व्यक्तिले त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाएका थिए । तर, प्रहरीले उल्टै दुव्र्यवहार गरेको उनको गुनासो थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu