Connect with us
Kapilvast Forest

सत्ता साझेदारीमा समस्या छैन : गृहमन्त्री लेखक

२०८२, ६ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं-

गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता साझेदारीमा कुनै पनि समस्या नभएको बताएका छन् । सत्ता साझेदार दलबीच समस्या नभएकाले सरकार पनि नढल्ने उनले बताए ।नेपाली कांग्रेसका पदाधिकारीले नै सरकारको कामकारबाहीका विषयमा प्रश्न उठाइरहेका बेला कांग्रेस नेता समेत रहेका मन्त्री लेखकले सो सरकार नढल्ने बताएका हुन् ।आज पोखरामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री लेखकले भने, ‘दुई पार्टीका बीचमा कुनै समस्या छैन ।’

कतिपयले सरकार ढल्छ भनिदिँदा ढल्दैन भनेर प्रष्टीकरण दिनुपरिरहेको उनले बताए । ‘साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ,’ मन्त्री लेखकले भने, ‘कुनै समस्या छैन ।’प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले एमाले नेतृत्वको वर्तमान सरकार धेरै ‘लामो समयसम्म नजाने’ भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

यहीबेला कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामकारबाहीमा प्रश्न उठाउँदै आएकाले कतिपयको शंकामा बल पुर्याएको छ ।हालै महामन्त्री शर्माले सन्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियार सम्बन्धी विधेयक, त्रिविको उपकुलपतिको राजीनामा, गभर्नर नियुक्ति र नेपाल प्रहरीको एआईजी पद रिक्त भएका विषयमा सरकारको आलोचना गर्दै सरकारको प्रवृत्ति समर्थन योग्य छैन भनेर सामाजिक सन्जालमा पोष्ट गरेका थिए ।त्यसको भोलिपल्ट फेरि उनले कांग्रेसका कारण प्रधानमन्त्रीलाई काम गर्न गाह्रो भएको भए हामी बाहिर बस्छौं भनेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu