Connect with us
Kapilvast Forest

आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिए

२०८२, ९ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौँ –

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् ।मङ्गलवार पनि काठमाडौँको माइतीघर—बानेश्वर सडक खण्डमा शिक्षकहरूले प्रदर्शन जारी राखेका हुन् ।उनीहरूले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत २० दिनदेखि आन्दोलन गरिरहेका छन् ।सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरू सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिवद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन् । शिक्षकहरूले आन्दोलन जारी राख्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ ।

शिक्षामन्त्री राजीनामासँगै शिक्षकहरूको मागहरु सम्बोधन हुन अझै हसहज देखिएको छ । विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यस पटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडान शिक्षकहरूको छ ।सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरुका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारे पनि सरकारको प्रतिबद्धतामा शिक्षकहरू विश्वस्त छैनन् ।सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरू आन्दोलन छोडेर फर्किने उनीहरूको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu