अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु :मन्त्री रघुजी पन्त
काठमाडौं-
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकको माग वार्ताबाट समाधान गर्ने बताएका छन् ।मन्त्रालयमा बिहीबार पदभार ग्रहण गर्दै उनले आफू भर्खर मन्त्रालय आएकाले सबै जानकारी लिएर समाधान गर्ने बताए ।‘भर्खर मन्त्रालयमा प्रवेश गरेको छु । शिक्षकको समस्याबारे जानकार छु ।
तर, सबै विषयमा जानकारी लिएको छैन । यो विषयमा पहिले जानकारी लिन्छु,’ उनले भने, ‘अब त बोल्ने भन्दा काम गर्ने हो । वार्ताबाट समस्या समाधान गर्छु ।’मन्त्री पन्तले पहिलो निर्णय मन्त्रालयको कार्यविधि तयार गर्न समिति गठन गरेका छन् । मन्त्रालयको कार्यविधि तयार समितिलाई १५ दिनको समय दिइएको छ ।