Connect with us
Kapilvast Forest

आन्दोलनरत शिक्षक र सरकारबीच शिक्षा मन्त्रालयमा वार्ता शुरु

२०८२, १३ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं :-

आन्दोलनरत शिक्षक र सरकारबीच शिक्षा मन्त्रालयमा वार्ता शुरु भएको छ। शिक्षामन्त्री रघुजी पन्तले बोलाएपछि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधि शनिबार बिहान साढे ७ बजे वार्ताका लागि सिंहदरबार पुगेका हुन्।वार्तामा शिक्षा मन्त्री र सचिवसहित शिक्षक महासंघका प्रतिनिधि सहभागी रहेको महासंघका महसचिव तुलाबहादुर थापाले जानकारी दिए। सर्वोच्च अदालतले आन्दोलनरत शिक्षक-कर्मचारीलाई तीन दिनभित्र उनीहरूको जायज र संविधानसम्मत माग सम्बोधन गरी विद्यालय फर्किने वातावरण बनाउन आदेश दिएपछि सरकार र शिक्षक दुवै पक्ष निकास निकाल्नुपर्ने दबाबमा छन्।

सरकार र महासंघबीच शुक्रबार नै वार्ता तय भए पनि अन्तिम समयमा भाँडिएको थियो। विगतमा भएका सहमति अनुसार विद्यालय शिक्ष ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू २५ दिनदेखि सडक आन्दोलनमा छन्। उनीहरुले दिनहुँ माइतीघर बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण, एसईईको उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को परीक्षालगायतका शैक्षिक गतिविधि प्रभावित भएका छन्। उनीहरुले आज पनि आन्दोलन निरन्तर रहने बताएका छन्।

सरकारसँग वार्ताका लागि जाँदै गर्दा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन नरोकिने भन्दै बिहान ११ बजे माइतीघर मण्डलामा जम्मा हुन शिक्षकहरूलाई आग्रह गरेका छन्। आफूहरू निर्णायक र अन्तिम लडाइँमा रहेकाले यस्तो वेला नियमितभन्दा बढी बल लगाउनुपर्ने भन्दै उनले सबैलाई तीन घण्टा प्रदर्शनस्थलमा अनिवार्य बस्न भनेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu