Connect with us
Kapilvast Forest

माधव र झलनाथलाई आन्दोलनमा नआउन शिक्षकहरुको आग्रह

२०८२, १५ बैशाख सोमबारमा प्रकाशित

काठमाडौं –

नेकपा एकीकृत समाजवादीका नेताहरू शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका बेला नाराबाजी भएको छ । सोमबार नयाँ बानेश्वरमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे लगायतका नेताहरू पुगेका थिए ।उनीहरूलाई आन्दोलनरत शिक्षकहरूले आफूहरूको आन्दोलनमा सहभागी नहुन भन्दै उल्टै नाराबाजी गरे ।

आन्दोलनमा सहभागी शिक्षकहरूले उनीहरूलाई संसदमा बोल्न आग्रह गर्दै ‘यहाँ नआउन’ भन्दै माइकिङ गरे ।लगत्तै, उनीहरू प्रदर्शनस्थलबाट बाहिरिएका थिए ।बाहिरिने क्रममा अध्यक्ष नेपालले भनेका छन्, ‘अरु केही भन्दिनँ, यो आन्दोलनमा हाम्रो ऐक्यबद्धता छ ।’शिक्षकहरू गत २० चैतदेखि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलनमा छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu