Connect with us
Kapilvast Forest

‘सीमावासीसंग सशस्त्र प्रहरी कार्यक्रम ’ मार्फत सिमा वासीसंग सम्बन्ध जोडदै सशस्त्र प्रहरी

२०८२, १८ बैशाख बिहीबारमा प्रकाशित

किरणमान बज्राचार्य, कपिलवस्तु- 
सीमा सुरक्षाको मुख्य जिम्मेवारी बोकेको सशस्त्र प्रहरीले सिमाबासीसंग सम्बन्ध जोडन ‘ सीमा बासीसंग सशस्त्र प्रहरी कार्यक्रम ’ संचालन गरेको छ । सीमा क्षेत्रको हरेक गतिबिधिहरु नियाल्ने सशस्त्र प्रहरीले सीमा सुरक्षालाई प्रभावकारी बनाउन सो कार्यक्रम अघि सारेको हो । जिल्लाको झन्डै ९३ किलो मिटर सिमा क्षेत्र भारतसंग जोडिएको छ ।

यसकालागि सशस्त्र प्रहरीले सीमा क्षेत्रकाबासीहरुसंग समन्वय र सम्बन्ध बढाउन अन्तरक्रिया, सचेतनामुलक कार्यक्रम र सामाजिक कार्यक्रम समेत थालेको हो । सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण हेक्वाटर अन्र्गत रहेको बिओपीहरुको अगुवाईमा सीमा क्षेत्रका बासीहरुसंग सम्बन्ध बढाउन सशस्त्र प्रहरीले यो कार्यक्रम अघि सारेको गणपति तथा सशस्त्र प्रहरी उपरिक्षक नेत्र केसीले बताए ।

‘ सीमाबासीहरुसंग समुधुर सम्बन्ध स्थापित गरी सीमा क्षेत्रको सुरक्षालाई बजबुत बनाउन सशस्त्र प्रहरीले यो कार्यक्रम अघि सारेको हो ’ उनले भने । नेपाल प्रहरी जस्तो जनताको सशस्त्र प्रहरीसंग सिधा जन संपर्क नहुदा काम गर्न समस्या आउने गरेको भन्दै केसीले जनतासंग हातेमालो गरी समन्वय गर्न यो कार्यक्रम प्रभावकारी हुदै गएको बताए ।

जनताको प्रत्यक्ष सरोकार रहेको बिभिन्न स्वास्थ्य शिबिर, खानेपाी धारा जडान, प्रतिक्षालय निर्माण लगायतको काम गरिएको बताए । यो कार्यक्रमले जनतासंग प्रत्यक्ष सम्बन्ध समेत स्थापित भएको उनले बताए ।

‘ सिमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रमले सीमा सुरक्षाकालागि जनताबाटैै बिभिन्न सुचना समेत संकलन गर्न समेत सहज भएको केसीले बताए ।

बैशाख १६ गते महाराजगंज नगरपालिका वडा नम्बर १० हर्दौनामा ईब्राहीम हेल्थ क्लिनिक तौलिहवाको समन्वयमा गरिएको निःशुल्क आखा शिबिरमा १ सय ६० जनाको आखा परिक्षण गरिएको थियो ।

यस्तै सोही पालिको वडा नम्बर ८ हर्दौनामा सिद्धार्थ नेत्रालय तौलिहवाको समन्वयमा गरिएको आखा शिबिरमा १ सय २५ जनाको आखाको जाच गरिएको थियो । यस्तै बिजयनगर गाउपालिका वडा नम्बर ५ डालपुर र वडा नम्बर ६ उज्जवलपुरमा रहेका बिद्यालयहरुमा मा भित्ते चित्र माफर्त प्रारंभिक अक्षर चिनाउने र पढाई प्रति लागाव बढाउन भित्ते लेखन कार्य समेत गरिएको थियो ।

महराजगंज नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष यागेन्द्र कुमार केसीले सशस्त्र प्रहरीले सिमाबासीसंग सशस्त्र कार्यक्रमले राम्रो सम्बन्ध बनाउदै गएको बताए । आफनो वडामा सशस्त्र प्रहरीले यात्रु प्रतिक्षालय निर्माण, आखा शिबिर लगायतका काम गरेको बताए ।

‘ सिमा सुरक्षा सहीत सिमाबासीसंग सम्बन्ध स्थापित गर्न यो कार्यक्रम प्रभावकारी बनेका छ ’ उनले भने । सिमा अपराध, लागु औषध नियन्त्रण लगायतका सकृय रहेको सशस्त्र प्रहरीले सिमा क्षेत्रका बासीहरुसंग सम्बन्ध बढाउन स्वास्थ्य शिक्षा लगातयका क्षेत्रमा समेत सिमा क्षेत्रका पालिका र वडासंग समन्वय गरी काम गरेस सम्बन्ध स्थापित गदै गएको वडाध्क्ष केसीले बताए ।

सशस्त्र प्रहरी उपरिक्ष केसीले यो कार्यक्रम पछि सीमा क्षेत्रको निग्रानी, तस्कारी नियन्त्रण लगायतको काममा समेत सहज भएको बताए । यो कार्यक्रम पछि तस्करीको सामान समेत बरामद हुनेक्रम बढेको उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj