Connect with us
Kapilvast Forest

भारतले बन्द गर्‍यो ५ दिनका लागि ३२ विमानस्थल, पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द गर्दै

२०८२, २७ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं –

पाकिस्तानसँगको तनाव चुलिँदै गर्दा भारतका ३२ वटा विमानस्थल अस्थायीरूपमा बन्द गरिएको छ। पाकिस्तानसँग लडाइँ शुरु भएसँगै भारतका उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थल बन्द गरिएको छ।सञ्चार माध्यमका अनुसार भारतको विमानस्थल प्राधिकरण र सम्बन्धित हवाई निकायहरूले सूचना जारी गर्दै विमानस्थल बन्द गरेको बताएका छन् ।यी विमानस्थलहरूबाट हुने सबै नागरिक उडान मे १५ को बिहान साढे ५ बजेसम्मका लागि बन्द हुनेछन् ।

यता पाकिस्तानले पनि सबै प्रकारका हवाई उडानका लागि आफ्नो आकाशमार्ग बन्द गरिएको घोषणा गरेको छ। तीन वटा हवाई बेसमा भारतीय वायुसेनाले हमला गरेको दाबी पाकिस्तानी पक्षले गरेको केही समयपछि पाकिस्तानको विमानस्थल प्राधिकरणले आफ्नो हवाई क्षेत्र बन्द गरेको हो। तर यो बन्द शनिबार दउँसोका लागि मात्रै हो । भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’विरुद्ध पाकिस्तानले पनि जवाफी कारबाही सुरु गरेपछि जम्मु(कश्मीको सीमा क्षेत्र तनावग्रस्त बनेको छ। यता पाकिस्तानले पनि ‘बुनयान-मर्सूस’ को नामको जवाफी कारबाही शुरु गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu