Connect with us
Kapilvast Forest

गुडिरेहको बसमा गएराति आगलागी

२०८२, २७ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं-

चितवनको रत्ननगर नगरपालिका- १६ कयरखोलानजिकै गुडिरेहको बसमा आगलागी भएको छ। गएराति पौने ११ बजे पर्साबाट चितवनको पिठुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०६-००१ ख ०१८८ नम्बरको गुडिरहेको बसमा अचानक आगो लागेको हो। आगलागीबाट बसमा क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बस चितवन शक्तिखोर बस्ने ५२ वर्षीय कुल बहादुर रायमाझीको रहेको र चालक पनि उनी आफै रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण  खुल्न सकेको छैन।बसमा चालक मात्रै रहेका थिए । आगो राति नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu