Connect with us
Kapilvast Forest

मरेको खसीको मासु बेचेको आरोपमा पोखराबाट २ जना पक्राउ

२०८२, १ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं –

मरेको खसी काटेर बचेको आरोपमा पोखराबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१६ मा रहेको मोडेल सप्लायर्समा काम गर्ने ३८ वर्षीय मिलन गुरुङ र सोही सप्लायर्स र पोखरा लाइभ स्टोर्स एण्ड कृषि फार्मममा काम गर्ने ३२ वर्षीय राम गुरुङ छन् ।

उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुविरुद्ध कालो बजार तथा केही सार्वजनिक अपराधको कसुरमा कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता हरि बस्नेतले बताए ।प्रहरीले मरेको खसीको ५४ किलो मासु समेत बरामद गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu