Connect with us
Kapilvast Forest

गाजामा इजरायली आक्रमण जारी, १२५ प्यालेस्टाइनीको मृत्यु

२०८२, ५ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं –

इजरायली सेनाले गाजामा बमबारी जारी राखेको छ । पछिल्लो आक्रमणमा परी कम्तिमा १२५ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार ‘सुरक्षित क्षेत्र’ मानिएको अल–मावासीमा समेत आक्रमण भएको छ ।अल(मावासीमा भएको आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । उनीहरुसहित १२५ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ ।कतारमा हमाससँग युद्धविराम वार्ता पनि चलेको छ । तर, यसैबेला इजरायलले आक्रमण गरिरहेको छ ।

यसैबीच, इराकको राजधानी बग्दादमा भेला भएका अरब देशका नेताहरूले गाजामाथिको युद्ध तत्काल अन्त्य गर्न माग गरेका छन् ।उनीहरूले गाजामा मानवीय सहायता पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायसँग हस्तक्षेपको अपिल गरेका छन् ।गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ५३ हजार २७२ बढी प्यालेस्टाइनीको मृत्यु भएको छ । एक लाख २० हजार ६७३ जना घाइते भएका छन् ।

गाजाको सरकारी सञ्चार कार्यालयले मृत्यु संख्या अझ बढ्ने जनाएको छ । भग्नावशेषमा धेरै व्यक्ति पुरिएकोले मृतकको संख्या ६१ हजार ७०० भन्दा बढी पुग्ने उनुमान सञ्चार कार्यालयको छ ।यता, हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा एक हजार १३९ जनाको मृत्यु भएको र २०० भन्दा बढी व्यक्तिहरूलाई अपहरणमा परेको इजरायलको दाबी छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu