Connect with us
Kapilvast Forest

शिक्षक महासंघले भन्यो– जुनसुकै बखत आन्दोलन हुनसक्छ, तम्तयार रहनू

२०८२, ७ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं – नेपाल शिक्षक महासंघले सरकारसँग भएका सबै सहमतिलाई हुबहु सम्बोधन हुने गरी शिक्षा विधेयकको प्रतिवेदन तयार नभए झन् ठूलो आन्दोलनका लागि सडकमा उत्रिने चेतावनी दिएको छ ।

महासंघले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अब समितिमा हुने छलफलबाट शिक्षक–कर्मचारी विरोधी प्रबन्धहरु हटाएर विगतमा भएका सबै सहमतिलाई हुबहु सम्बोधन हुने गरी सुझाव सहितको प्रतिवेदन तयार हुन आवश्यक छ । यस कार्यमा अन्यथा भए नेपाली शिक्षक–कर्मचारी २०८१/०८२ को भन्दा पनि ठूलो र बलियो आन्दोलन लिएर सडकमा आउने छन् भन्ने कुरा नबिर्सिन सम्बन्धित सबैमा आग्रह गर्दछौं ।’

शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघले गत चैतमा काठमाडौं केन्द्रित आन्दोलन गरेको थियो । वैशाख १७ गते ‍सरकारसँग नौ बुँदे सहमतिसँगै आन्दोलन स्थगित भएको थियो । तर शिक्षक महासंघसँग भएका सहमति शिक्षा विधेयकको प्रतिवेदनमा नसमेटिने संकेत पाएपछि महासंघले कडा आन्दोलनको चेतावनी दिएको हो । आइतबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले विधेयकको प्रतिवेदन पेस गरेको थियो । तर प्रतिवेदनले शिक्षकका माग सम्बोधन नगरेको महासंघको ठहर छ ।

महासंघले आन्दोलन जुनसुकै बेला सुरू हुनसक्ने भन्दै त्यसका लागि तम्तयार रहन शिक्षक तथा कर्मचारीहरुलाई आह्वान समेत गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आवश्यकता अनुसार जुनसुकै बखत आन्दोलन हुन सक्ने भएकाले त्यसका लागि तम्तयार रहन सबै शिक्षक–कर्मचारी साथीहरुमा अनुरोध गरिन्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu