Connect with us
Kapilvast Forest

गृहमन्त्री लेखकलाई राजीनामा दिएर छानबिनमा सघाउन शेखरको आग्रह

२०८२, ११ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं –

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्। गृहमन्त्री लेखक भिजिट भिसामा संगठित र संस्थागत असुली प्रकरणमा मुछिएका छन्।

यससँगै उनको चौतर्फी आलोचना भइरहेका बेला नेता कोइरालाले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताए।

कोइरालाले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजीनामा दिँदा उनकै नैतिकतामा सघाउ पुग्ने धारणा राखे।
यसअघि सहकारीको बचत रकम अपचलन प्रकरणमा मुछिएका रास्वपा सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई वर्तमान गृहमन्त्री लेखकले नै राजीनामा दिन र छानबिनमा सघाउन आग्रह गरेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu