आजबाट दिउँसोमा ४ घण्टा बन्द गरेर नागढुंगा -नौबिसे सडकखण्ड सुधारको काम गरिँदै
काठमाडौं-
दैनिक ४ घण्टा बन्द गरेर नागढुंगा–नौबिसे सडकखण्ड सुधारको काम भइरहेको छ ।आजदेखि १५ दिनसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द गरेर नागढुंगा मुग्लिन सडक योजना पूर्वीखण्डले जानकारी गराएको छ ।आज सो सडकखण्डमा पर्ने पिपलामोडमा पिच लगायतका सडक सुधारको काम भइरहेको छ ।
सडक निर्माणको काम भइरहेको समयमा काठमाडौंबाट जाने सवारीसाधन नागढुंगा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलानमा रोकिएको छ ।यो समयमा धार्के–सीतापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।यसअघि यो खण्डमा रातिको समयमा सवारी साधन बन्द गरेर काम हुँदै आएको थियो । अब जेठको २५ गतेसम्म दिउँसो ४ घण्टा सडक बन्द गरेर सुधारका काम हुने बताइएको छ ।