Connect with us
Kapilvast Forest

कपिलवस्तुको शिवराजमा शैक्षिक सामग्री वितरण

२०८२, १४ जेष्ठ मंगलवारमा प्रकाशित

न्युज सेन्टर नेपाल-

कपिलवस्तु, शिवराज नगरपालिका वडा नम्बर ६ मा रहेका सामुदायिक विद्यालयका बालविकास तहका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

वडा भित्रका सबै सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला, कापी, पेन्सिल लगायत सामग्री वितरण गरिएको वडा अध्यक्ष माहेताब आलम खाँले जानकारी दिनुभयो ।

विद्यार्थीहरूलाई अध्ययनमा प्रोत्साहित गर्न तथा शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले सामग्री वितरण गरिएको वडाध्यक्ष खाँले बताउनुभयो ।

सामग्री वितरण कार्यक्रम विद्यालयकै प्राङ्गणमा आयोजित गरिएको थियो ।

कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक तथा स्थानिय जनप्रतिनिधिको उपस्थिति रहेको थियो । शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू निकै खुसी भएका थिए ।

उनीहरूका अभिभावकहरूले वडाले गरेको प्रयासको प्रशंसा गरेका छन् ।

वडाले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा थप कार्यक्रम ल्याउने तयारी गरिरहेको जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu