Connect with us
Kapilvast Forest

राप्रपाका तीन सांसदको पीएसओ फिर्ता

२०८२, १५ जेष्ठ बुधबारमा प्रकाशित

 काठमाडौं-

सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदहरूको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) एकै पटक फिर्ता बोलाएको छ ।राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओलाई सरकारले एकै पटक फिर्ता बोलाएको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पीएसओ  खोसिएको बताए ।  उनले भने, ‘सरकारले पीएसओ खोसेको छ । संसदमा सबै सांसदहरू बराबर हुनुपर्थ्यो। तर भएन।’शाही राप्रपाका प्रमुख सचेतक, सिंह पूर्वाधार विकास समिति र प्रधान पूर्वआइजीपी रहेकोले उनीहरूलाई सरकारले पीएसओ उपलब्ध गराउँदै आएको थियो ।
Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu