Connect with us
Kapilvast Forest

भोलि हुने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन मानवअधिकार आयोगको अपील

२०८२, १५ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौँ 

राष्ट्रिय मानवअधिकार आयोगले भोलि हुने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेको छ। आयोगले आज विज्ञप्ति जारी गर्दै राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेकपा एमालेलाई यस्तो आग्रह गरेको छ।आयोगले प्रदर्शनको क्रममा सुरक्षा संवेदनशीलतामा आउनसक्ने जोखिमको आँकलन गर्दै शान्तिसुरक्षाको व्यवस्था मिलाउन र मानवअधिकारका मूल्य मान्यतालाई ध्यान दिन सरकार तथा सम्बद्ध सुरक्षा अधिकारीहरूलाई आग्रह गरेको छ।

‘राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समिति र नेकपा एमालेद्वारा २०८२ जेठ १५ गते काठमाडौँमा गर्ने भनिएको प्रदर्शनको सन्दर्भमा अपनाइने सुरक्षा सतर्कता सम्बन्धमा काठमाडौँ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र जिल्ला प्रहरी प्रमुखहरूसँग आयोगमा आज छलफल भएको छ’, विज्ञप्तिमा उल्लेख छ।

छलफलका क्रममा प्रदर्शन शान्तिपूर्ण होस् र कुनै बाधा व्यवधान नआओस् भन्नेतर्फ सचेत रही सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखिएको, शान्ति सुरक्षालाई व्यवस्थित गर्न उपत्यकाका सबै सुरक्षानिकायबीच समन्वय गरिएको प्रमुख जिल्ला अधिकारीहरू एवं जिल्ला प्रहरी प्रमुखहरूले बताएका छन्।

यस्तै दुई पक्षबीच झडपको स्थिति आउन नदिन दुवै समूह एक आपसमा जम्काभेट नहुने गरी प्रबन्ध मिलाइएको,सञ्चारगृहलगायतका संवेदनशील स्थलको सुरक्षामा ध्यान दिइएको र सडकमा सहज आवागमनमा अवरोध हुन नदिन तथा सर्वसाधारणको सुरक्षालाई मद्देनजर गर्दै सुरक्षा रणनीति तयार पारिएको प्रमुख जिल्ला अधिकारीहरू एवं जिल्ला प्रहरी प्रमुखहरूले बताएका छन्।

आयोगले विभिन्न टोली बनाई भोलि १५ गते हुने प्रदर्शनको मानवअधिकारको कोणबाट अनुगमन समेत गर्ने जनाएको छ। ‘आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय अन्ताराष्ट्रिय कानूनमा उल्लिखित प्रावधानको पालनामा संवेदनशील हुँदै एक अर्काप्रति अमर्यादित टीकाटिप्पणी नगर्न र आफ्ना प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई अपील गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।​

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu