Connect with us
Kapilvast Forest

बन्दको अवज्ञा गरेको भन्दै गोरखामा बस तोडफोड

२०८२, १७ जेष्ठ शुक्रबारमा प्रकाशित

गोरखा –

गण्डकी प्रदेशले राइड सेयरिङ नियमावली लागु गरेको विरोधमा आन्दोलमा उत्रिएका यातायात व्यवसायीले गोरखामा यात्रुबहाक बस तोडफोड गरेका छन् ।शुक्रबार दिउँसो करिब तीन बजे बाह्रकिलो चोकमा बा५ख ५३९९ नम्बरको बस उनीहरूले तोडफोड गरेका हुन् ।तोडफोडबाट गाडीको अगाडिको सिसामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

काठमाडौंबाट यात्रु लिएर गोरखा आउने क्रममा उक्त बसमाथि तोडफोड भएको हो ।गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटको गाडीलाई पनि यात्रु ओसारपसार गर्न दिने निर्णय गरेको भन्दै यातायात व्यवसायीले आज गण्डकी प्रदेशभरि सार्वजनिक यातायात बन्दको आह्वान गरेको छ ।सार्वजनिक यातायात बचाऊ संघर्ष समिति नै बनाएर उनीहरू आन्दोलनमा उत्रिएका छन् । तोडफोड गर्नेको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu