Connect with us
Kapilvast Forest

कांग्रेस नेताहरूलाई शेखरको सुझाव : सही काम गर्न नसके चुप लागेर घर बसौं

२०८२, १७ जेष्ठ शुक्रबारमा प्रकाशित

dr-sekhar-koirala-1.jpg

काठमाडौं –

नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले गलत कार्यलाई गलत भन्न नसक्ने हो भने नेताहरूलाई चुप लागेर घर बस्न उपयुक्त हुने सुझाव दिएका छन् ।प्रजातान्त्रिक, लोकतान्त्रिक आचरण, मूल्य मान्यतामा आधारित भएर अगाडि बढ्नुपर्ने आफ्नो सोच रहेको उनले बताए ।काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा भने, ‘सही काम गर्न सक्दैनौं भने चुप लागेर घरमा बसौं । तर, गलत काम नगरौं । मैले कुनै कसैलाई आक्षेप लगाएर, गाली गरेर भन्न खोजेको होइन ।’

शेखरले नेताहरूलाई घोचिरहेको हुन्छ भन्ने आरोप लाग्ने गरेको सुनाउँदै कसैलाई व्यक्तिगत हिसाबले खोट देखाउने नियत नभएको उनले बताए ।कोइरालाले पार्टी पदाधिकारीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीप्रति छलफल नहुनुलाई आश्चर्यका रूपमा लिए । उनले भने, ‘एमालेले काठमाडौं १५ गते क्याप्चर गर्नुपर्छ भनेर प्रधानमन्त्रीले निर्देशन दिनुभयो । मैले त त्यो सुन्ने बित्तिकै विरोध गरेँ । के भन्न खोजेको देशको प्रधानमन्त्रीले भनेर । खाली हामी नेपाली कांग्रेस सरकारमा छ भनेर हामीहरूले नबोल्ने हो तर बजेटको सन्दर्भमा कुरा गर्दै कोइरालाले इतिहासदेखि बजेटको कार्यान्वयन अत्यन्त कमजोर रहेको बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu