Connect with us
Kapilvast Forest

बैतडीमा मिनी ट्रकले किच्दा वृद्धको मृत्यु

२०८२, १८ जेष्ठ शनिबारमा प्रकाशित

बैतडी –

मिनी ट्रकले किच्दा एक वृद्धको मृत्यु भएको छ । सुर्नया गाउँपालिका- ५ का ८१ वर्षीय महाबीर विष्ट रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए।

शुक्रबार बेलुकी सवा ९ बजेको समयमा धनगढीबाट बिष्टपाली गइरहेको सु.प. प्र.०१००१ क १८१३ नम्बरको मिनि ट्रक ‘ब्याक’ गर्ने क्रममा सडक छेउमा हिँडिरहेका बिष्टलाई किचेको थियो। उपचारका लागि धनगढी लैजाने क्रममा राति नै बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ। ट्रक र चालक सुर्नया २ का मानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu