Connect with us
Kapilvast Forest

नारायणहिटी क्षेत्रमा निषेधाज्ञा लागेपछि आन्तरिक छलफलमा राप्रपा

२०८२, १८ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं –

राजतन्त्र समर्थकहरूको प्रदर्शन प्रभावित हुनेगरी सरकारले निषेधाज्ञा लगाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी आन्तरिक छलफलमा जुटेको छ। शनिबार महेन्द्र शालिक, नारायणहिटी संग्रहालय क्षेत्रमा प्रदर्शन गर्ने तयारी रहे पनि  त्यस क्षेत्रमा सरकारले निषेधाज्ञा जारी गरेपछि राप्रपा छलफलमा जुटेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म निषेधित क्षेत्र घोषणा गरेको हो । उक्त स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निर्देश गरिएको छ।

आन्दोलनमा अवरोध हुने भएपछि आगामी रणनीति बनाउन राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बसिरहेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा आन्दोलन प्रगतिबारे अहिलेसम्मको समीक्षा र आगामी राणनीतिबारे छलफल भइरहेको छ।

सांसद ज्ञानेन्द्र शाही लगायत केही नेताहरूले भने निषेधाज्ञा नमान्ने र जनताले चाहे प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कब्जा गर्न समेतपछि नपर्ने भन्दै भड्काउ अभिव्यक्ति दिइरहेका छन् । राजा फर्काउने भन्दै जेठ १५ गते शान्ति बाटिकाबाट आन्दोलन शुरु गरेका विभिन्न ४५ पार्टी र समूहले हिजो माइतीघर-बिजुलीबजार क्षेत्रमा प्रदर्शन गरेका थिए।

गत फागुन २५ गतेपछि पहिलोपटक उत्साहजनक समर्थन पाएको बुझेका उनीहरूले सरकारमाथि थप दबाब बढाउन आज नारायणहिटीकै अगाडि जनप्रदर्शनको तयारी गरेका थिए।यसैबीच संयुक्त जनआन्दोलन संघर्ष समितिले दरबारमार्गमा तय भएको कार्यक्रम रत्नपार्कमा हुने बताएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu