Connect with us
Kapilvast Forest

नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनामा दबाब दिन भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२०८२, २० जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं-

नेपालमा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि भारतबाट दबाब दिने प्रयास गरिएको छ । त्यसका लागि नेपाल हिन्दु राष्ट्र पुनर्स्थापना मञ्चले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन पत्र बुझाएको छ ।ज्ञापन पत्रमा नेपाललाई पुनः हिन्दु राष्ट्र घोषित गर्नका लागि नैतिक, कूटनीतिक र रणनीतिक समर्थन गरिदिन माग गरिएको छ ।

आइतबार दिल्लीको प्रेस क्लब अफ इण्डियामा आयोजित पत्रकार सम्मेलनमा संस्थाका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष डाक्टर इन्जिनियर विष्णुप्रसाद बरालले नेपालमा राजसंस्था सहितको पुनः हिन्दु राष्ट्र फर्काउनका लागि आफूहरुले भारतबाट अन्तर्राष्ट्रिय दबाब बनाउन शुरु गरेको बताए । सोही क्रममा भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिएको उनको भनाइ छ ।

गणतन्त्र आएको १७ वर्षमा नेपालमा राजसंस्था र हिन्दु राष्ट्र विना विकास सम्भव नभएको भन्ने पुष्टि उनले जिकिर गरे ।पत्रकार सम्मेलनमा अधिकारकर्मी भोपाल सिंह चौधरी, मञ्चका सदस्यहरु युवराज बराल, पार्वती बम लगायको उपस्थिति थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu