Connect with us
Kapilvast Forest

मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने

२०८२, ३१ जेष्ठ शुक्रबारमा प्रकाशित

फाइल तस्वीर नारायणगढ–मुग्लिन सडक

काठमाडौं

पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार ७ गतेसम्म रातिको समयमा बन्द हुने भएको छ । जेठ ३० गतेदेखि राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन बन्द हुने भएको हो ।मलेखु–मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकाले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।

डीएसपी हमालका अनुसार निर्माणाधीन ऊक्त क्षेत्रमा आरसीसी बिम राख्नका लागि ठूलो साइजको त्रेन प्रयोग गर्नुपर्ने भएकाले सवारीसाधन बन्द गर्नुपरेको हो ।सूचना अनुसार मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मुग्लिन र हलुका सवारी साधनहरू कुरिनटारमा रोकिने छ ।यसैगरी मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मलेखु र हलुका सवारीसाधनहरू शितलबजारमा रोकिने छ । ती स्थानमा रोकिने सवारी साधनलाई बिहान ३ बजेपछि मात्रै छोडिने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना–

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu