Connect with us
Kapilvast Forest

धनुषामा गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु

२०८२, ५ असार बिहीबारमा प्रकाशित

काठमाडौं –

धनुषाको धनुषाधाम नगरपालिका- ६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्गमा उइङ्गर गाडीले ठक्कर दिँदा साइकलमा सवार एकजनाको मृत्यु भएको छ।एक जना गम्भीर घाइते भएका छन्।

मिथिला नगरपालिका-४, पुष्प वलपुरका ६० वर्षीय बिन्दे साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक​जटाशंकर यादवले जानकारी दिए।  उनका अनुसार ३३ वर्षीय विमल मण्डल गम्भीर घाइते भएका छन्।

बुधबार राति करिब ८ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको ना १ ज ७०४९ नम्बरको उइङ्गर गाडीले सडक छेउमा रोकी राखिएको ना ६ ख ३२९९ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। त्यसपछि गाडीले पूर्व दिशाबाट साइकलमा आउँदै गरेका दुईजनालाई समेत ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर पठाइएकोमा चिकित्सकले साहलाई मृत घोषणा गरेको थियो।

मण्डलको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरी निरीक्षक यादवले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu