Connect with us
Kapilvast Forest

संसद् छिर्‍यो नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षले रास्वपा नेतालाई आँधिखोलामा कुटपिट घटना

२०८२, ५ असार बिहीबारमा प्रकाशित

काठमाडौं-

स्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष वडाध्यक्ष सुनिल खनालले रास्वपा नेताद्वय मेघ आले र दिनकर नेपालमाथि गरेको आक्रमणको विषयले संसद्मा पनि प्रवेश पाएको छ ।बिहीबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद हरि ढकालले आफ्नो पार्टीका केन्द्रीय नेताहरूमाथि सांघतिक आक्रमण भएको भन्दै आपत्ति जनाए ।‘नदी बचाउ अभियानका हाम्रा केन्द्रीय नेता मेघ आले र दिनकर नेपालमाथि वालिङ नगरपालिका–१० का वडाध्यक्षले सांघतिक आक्रमण गरेका छन्,’ सांसद ढकालले भने ।

गत ३ असारमा खनालले आँधिखोला नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किएका आले र नेपाललाई वालिङ–९, सुर्कौदीमा रड प्रहार भएको थियो ।उक्त घटनामा आपत्ति जनाउँदै उनले ‘आँधिखोलामा भएको दोहनविरुद्ध बोल्दा हाम्रा नेतामाथि आक्रमण हुन्छ । २३ दिनदेखि भुइँमान्छेको आवाज र मानव तस्करहरूविरुद्ध हामीले आन्दोलन गर्दैगर्दा सरकार सुन्दैन ।’

वालिङ नगरपालिकाले भन्यो स् प्रक्रिया पूरा गरी आँधिखोलाबाट निर्माण सामग्री निकालिएको हो उनले यस्ता गतिविधितर्फ संकेत गर्दै प्रश्न गरेका छन्, ‘यो कुन किसिमको सुशासन चल्दैछ रु यो कुन किसिमको सुशासनको भाषण चल्दैछ यहाँ आफूहरूले कतारमा उद्धारका लागि आह्वान गरिरहेकी चेलीको आवाज बोलिरहेको उनले जिकिर गरे ।

‘भिजिट भिसाको नाममा लाखौंलाख नेपाली ठगिएको विषयमा आन्दोलित हुँदैगर्दा सरकार किन नजरअन्दाज गर्दैछ रु गृहमन्त्रीले भुइँमान्छेको आवाजमाथि कटाक्ष गर्नुभयो । विमानस्थलबाट मानव बेचबिखन ब्यूरो किन हटाइयो रु,’ ढकालको प्रश्न छ ।सोही कुटपिटको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।स्याङ्जाका एसपी दधीराम न्यौपानेका अनुसार, मंगलबारको कुटपिटमा संलग्न भएको आरोपमा साजन पंगनीलाई पक्राउ गरिएको हो । अन्य आठ जनाविरुद्ध जाहेरी परेको उनले बताए ।नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष खनाल घटनापछि सम्पर्कविहीन छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu