Connect with us
Kapilvast Forest

हात्तीको आक्रमणबाट घाइते पूर्णबहादुरको मृत्यु

२०८२, ६ असार शुक्रबारमा प्रकाशित

झापा –

झापामा जंगली हात्तीको आक्रमणबाट घाइते भएका ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको छ। मेचीनगर नगरपालिका–१ दुर्जन चोकका श्रेष्ठको गएराति घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मेचीनगर नगरपालिका–१ दुर्जन चोकका श्रेष्ठलाई असार २ गते बिहान जंगली हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि परिवारजनले बुधबार साँझ उनलाई अस्पतालबाट घर लिएर गएका थिए।

बुधवार साँझ पनि हात्तीको आक्रमणबाट भद्रपुर नगरपालिका १० फूलबारी गाउँका २१ वर्षीय विशाल सोरेन घाइते भएका छन्। उनको उपचार भइरहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu