Connect with us
Kapilvast Forest

सरकारले संसद्‌लाई हेप्यो : माओवादी केन्द्र

२०८२, ६ असार शुक्रबारमा प्रकाशित

काठमाडौं 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले संसद्लाई हेपेको टिप्पणी गरेको छ ।शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै आकस्मिक समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो टिप्पणी गरेका हुन् ।‘सरकारले यो सदनलाई यति हेपेको छ कि यसको बयान गरी साध्य नै छैन’, पाण्डेले भने ।

बारम्बार संसद्को कार्यसूची आउने र कार्यसूचीमा आएको विषय हटाउने भइरहेको उनले बताए । पाण्डेको प्रश्न छ, ‘कार्यसूचीमा विषय हाउने र हटाइनेको कारण के’बजेटको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रीको अनुपस्थिति रहेको भनेर पनि उनले प्रश्न उठाए । मन्त्रीको अनुपस्थितिमा छलफल चलाउनु प्रतिनिधि सभा नियमावली विपरित हुने उनले बताए ।

मन्त्रीको अनुपस्थितिबेगर छलफल गराए प्रतिनिधि सभा नियमावलीको ठाडे उल्लघंन हुने उनले बताए । उनी प्रश्न गर्छन, ‘नियमावलीलाई हामीले पालना गर्नुपर्ने अनि सरकारले चाहीँ पालना गर्न नपर्ने रु यो कहाँसम्मको अन्याय हो ’ समयमौ मन्त्रालगत बजेटको किताब नपाएका कारण सांसदले खर्च कटौतीको प्रस्ताव समेत राख्न नपाएको उनको गूनासो छ ।

संसदमा जारी रहेको अवरोध हटाउन पनि सरकारले अग्रसरता नलिएको उनको आरोप छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले संसद्को बैठक बहिष्कार गरेको छ ।

विगतमा रास्वपाका सांसदहरू वेल घेरेर बसेका थिए । शुक्रबारबाट रास्वपाका सांसदहरूले पनि सदनको कामकारबाही बहिष्कार गरेका छन् ।राप्रपाका सांसदहरूले भने यसअघि देखि नै सदनको कामकारबाही बहिष्कार गर्दै आएका छन् ।भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने वा उच्च स्तरीय न्यायीक छानबिन आयोग गठन हुनुपर्ने माग राख्दै आएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu