Connect with us
Kapilvast Forest

सम्बन्धित मन्त्रीको अनुपस्थितिमै बजेट छलफल, सत्तारुढ दलकै सांसदले उठाए प्रश्न

२०८२, ६ असार शुक्रबारमा प्रकाशित

काठमाडौं 

सम्बन्धित मन्त्रीको अनुपस्थितिमै बजेटको मन्त्रालयगत छलफल अघि बढेको छ । यसप्रति सत्तारुढ दलकै सांसदले प्रश्न उठाएका छन् ।सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नै सदनमा मन्त्री अनुपस्थित भएको भनेर प्रश्न उठाएका हुन् ।सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

कांग्रेस सांसद खतिवडाले संस्कृतिमन्त्री र युवा तथा खेलकुदमन्त्री अनुपस्थित रहेको भनेर प्रश्न उठाए । त्यसपछि बजेटमाथि बोल्न रोष्ट्रम पुगेका अर्का सांसद अमरेश कुमार सिंहले महिला बालबालिकामन्त्री पनि अनुपस्थित रहेको जानकारी गराए ।

सभामुख घिमिरेले त्यसप्रति ध्यानाकर्षण भएको भनेर बस्न आग्रह गर्दा कांग्रेस सांसद खतिवडाले ‘मन्त्रीको उपस्थिति छैन के बस्नु र’ भनेर जवाफ दिएका थिए ।माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई हेपेको टिप्पणी गरे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu