Connect with us
Kapilvast Forest

मुगुमा करेन्ट लागेर १० खच्चरको मृत्यु

२०८२, ९ असार सोमबारमा प्रकाशित

सुर्खेत-

मुगुको छायानाथ रारा नगरपालिकामा करेन्ट लागेर १० वटा खच्चरको मृत्यु भएको छ। नगरपालिकाको वडा नम्बर १२ लुम्सोस्थित विद्युत्को ट्रान्सफर्मरबाट करेन्ट लिक हुँदा चरिरहेका खच्चरहरूको घटनास्थलमै मृत्यु भएको हो।

‎जिल्ला प्रहरी कार्यालय, मुगुका प्रमुख सरोज गिरीका अनुसार आइतबार भएको उक्त घटनामा तीन जना किसानका १० वटा खच्चर मरेका हुन्।प्रहरी प्रमुख गिरीले  दिएको जानकारी अनुसार पीडित हुनेहरूमा छायानाथ रारा नगरपालिका-१० का जोगीबहादुर बुढुवालका तीन, सोही नगरपालिका वडा नम्बर १ का पृथ्वीबहादुर ऐडीका तीन र कर्णबहादुर मल्लका चारवटा खच्चर रहेका छन्।

विद्युत्को ट्रान्सफर्मरबाट करेन्ट लिक भएर चरिरहेका खच्चरहरूलाई करेन्ट लागेको देखिन्छ, प्रहरी प्रमुख गिरीले भनने, यो घटना विद्युत् प्राधिकरणको लापरबाहीका कारण भएको हुन सक्ने प्रारम्भिक अनुमान छ। हामीले यस विषयमा थप अनुसन्धान गरिरहेका छौँ।

‎दुर्गम हिमाली जिल्ला मुगुमा खच्चरलाई ढुवानी र यातायातको प्रमुख साधनका रूपमा प्रयोग गरिन्छ। एकै पटक १० वटा खच्चर गुमाउँदा किसानहरूलाई ठुलो आर्थिक क्षति पुगेको छ र उनीहरूको रोजीरोटीमा गम्भीर असर परेको छ। पीडित किसानहरूले सम्बन्धित निकायबाट उचित क्षतिपूर्तिको माग गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu