धनगढीमा मृत भेटिएकी युवतीको हत्या आशंका, तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान
धनगढी-
धनगढीमा बन्द कोठमा मृत भेटिएकी युवतीको हत्या भएको प्रहरीले आशंका गरेको छ ।धनगढी उपमहानगरपालिका(२ को बैयाबेहडीमा सोमबार बिहान ३० वर्षीया रेणु चौधरीको शव सडेको अवस्थामा फेला परेको थियो । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका(११ अमरबस्तीकी हुन् ।
कोठा भाडामा बस्दै आएकी चौधरी बाहिरबाट ताल्चा लगाएको कोठाभित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार सिंहले जानकारी दिए ।बाहिरबाट ताल लगाइएकोले उनको कसैले कर्तव्य गरेको हुनसक्ने प्रहरीको आशंका छ । तालिम प्राप्त कुकुरको सहायतामा घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी सिंहले बताए ।