विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा गर्ने एमालेको निर्णय
काठमाडौं –
नेकपा एमालेले पार्टीका नेतृद्वय विन्दा पाण्डे र उषाकिरण तिमल्सेनाको निलम्बन फुकुवा गरेको छ। बुधबार बसेको पार्टीको सचिवालय बैठके उनीहरूको निलम्बन फुकुवा गरेको पार्टी उपमहासचिव प्रदीव ज्ञवालीले बताए।यसअघि एमालेले स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य उषाकिरणलाई ६ महिनाका लागि जिम्मेवारी खोसेको थियो।
पार्टी कार्यालय निर्माणका विषयमा पार्टीको नीति विपरीत सार्वजनिक टिप्पणी गरेपछि एमालेले उनीहरूको जिम्मेवारी खोसेको थियो। त्यसअघि उनीहरूसँग स्पष्टीकारण माग गरिए पनि चित्तबुझ्दो जवाफ नआएको उपमहासचिव ज्ञवालीले बताएका थिए।
साभार : अन्नपुर्ण