Connect with us
Kapilvast Forest

कपिलवस्तुमा एकैपटक तीन सन्तान जन्माएकी केवटको परिवार आर्थिक संकटमा, सहयोगको अपिल

२०८२, १७ असार मंगलवारमा प्रकाशित

कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिका ४ डकहियाकी कमला  केवटले एकैपटक तीन सन्तान दुई छोरा र एक छोरी जन्माएकी छिन्। कमलाले शिवराज–३, खरेन्द्रपुरस्थित चनइ स्वास्थ्य चौकीमा सुरक्षित सुत्केरी भएकी हुन । नवजात शिशुहरूमध्ये दुईको तौल १.५ केजी र एकको तौल १.७ केजी रहेको छ। दम्पतीका यसअघि पनि तीन सन्तान छन् सात वर्षका एक छोरा र तीन वर्षका दुई जुम्ल्याहा छोरी। अहिले पुनः तीन नवजात सन्तान जन्मिएपछि परिवारमा खुसी थपिएको छ, तर आर्थिक कठिनाइका कारण त्यो खुसी चिन्तामा परिणत भएको छ।

उपचारका लागि अस्पताल लैजान नसक्ने अवस्था
चिकित्सकहरूका अनुसार नवजात शिशुहरूको तौल कम भएकाले उनीहरूलाई थप स्याहार, पोषण र निगरानी आवश्यक छ। बुटवल वा सुविधा सम्पन्न अस्पतालमा लैजानुपर्ने भनिए पनि आर्थिक अभावका कारण परिवारले उपचारमा ढिलासुस्ती गर्नु परेको छ।

स्थानीय वडाध्यक्षबाट नगद सहयोग
शिवराज ३ का वडाध्यक्ष टेकलाल सापकोटाले मानवीयता स्वरूप परिवारलाई रु ५,००० नगद सहयोग गरेका छन्। तर यो रकम बच्चाहरूको सम्पूर्ण उपचार र स्याहारका लागि पर्याप्त नहुने भएकाले थप सहयोगको आवश्यकता रहेको छ।

दैनिक मजदुरी गर्ने बाबु, अभावमै गुजारा
श्रीमान् सोमैइ केवट दैनिक मजदुरी गरेर गुजारा चलाउँदै आएका छन्। अहिले नवजात शिशुहरूको लागि आवश्यक दूध,कपडा,औषधी लगायतको व्यवस्था गर्नसमेत गाह्रो भएको परिवारले जनाएको छ । गरिबीका कारण उपचारमा समस्या परेको यो परिवार तत्काल सहयोगको पर्खाइमा छ। स्थानीय सरकार, संघसंस्था, सामाजिक अभियन्ता तथा इच्छुक दाताहरूले साना नवजात ज्यान बचाउन सहयोग गर्नु आजको आवश्यकता बनेको छ। सहयोग गर्न चाहनेहरूले चनइ स्वास्थ्य चौकी वा शिवराज–३ वडा कार्यालयमार्फत सम्पर्क गर्न सक्नुहुन्छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu