Connect with us
Kapilvast Forest

रसुवामा दुई बच्चासहित भेटियो दुर्लभ चरी बाघ

२०८२, १८ असार बुधबारमा प्रकाशित

रसुवा-

रसुवाको कालिका गाउँपालिका–२ मा दुईवटा बच्चासहित एउटा चरी बाघ फेला परेको छ ।बस्ती नजिकै ढुंगाको कापमा बसिरहेको अवस्थामा केही दिनअघि दुई बच्चासहित दुर्लभ चरी बाघ भेटिएपछि आफूहरु हेर्न गएको कालिका रेन्ज पोष्टकी रेन्जर सुलक्ष्या श्रेष्ठले  बताइन् ।‘बस्तीबाट नजिकै एउटा ढुंगाभित्र प्वाल देखेर बसेको रहेछ, उसलाई त्यो बासस्थान जस्तै लागेको हुनसक्छ’, उनले भनिन्, ‘त्यसपछि नेपाली सेनाको कालिकास्थानमा रहेको श्रीनाथ गणको पोष्टबाट समेत टोली खटिएर चार दिनसम्म निगरानीमा राखेका थियौं ।’

यसबारे राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषलाई समेत खबर गरिएको थियो । कोषले समेत त्यहाँ कर्मचारीहरु खटाएको थियो । तर, केही दिनपछि बच्चासहित बाघ आफैं निस्किएर गएको श्रेष्ठले बताइन् ।‘चरी बाघ आफैंमा दुर्लभ हो, त्यसमाथि दुईवटा बच्चासहित बाघ देखिनु झनै दुर्लभ हो’, उनले थपिन् । वन्यजन्यु विभागका अनुसार, यो प्रजातिको बाघ चीन, कोरिया, भारत, बंगलादेश, जापान लगायतको मुलुकमा पनि पाइन्छ ।

नेपालमा मध्यम पहाडी क्षेत्र र तराईमा भेटिने गर्छ । नेपालका संरक्षित क्षेत्रहरुमध्ये खप्तड, शुक्लाफाँटा, लाङटाङ राष्ट्रिय निकुञ्ज, मकालु बरुण, शिवपुरी र चितवन राष्ट्रिय निकुञ्जमा यो बाघ देखिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu