कास्की-२ मा १५ हजार मत गन्न बाँकी हुँदा विद्या ८ हजार मतले अगाडि
कास्की-२ मा भएको प्रतिनिधि सभा सदस्यमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकी विद्या भट्टराईले सुरूवाती अग्रता बढाउँदै लगेकी छन्।
शनिबार भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको थियो। आइतबार अपरान्हसम्म ३० हजार ३ सय ३५ मत गणना सकिँदा विद्याले १७ हजार ६ सय ५० मत पाएकी छन्।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ९ हजार २ सय २४ मत पाएका छन्। तेस्रो स्थानमा समाजवादी पार्टीका धर्मराज गुरूङ छन्। उनले १३१६ मत ल्याएका छन्। साझा पार्टीकी उम्मेदवार रजनकी केसीले ४५७ मत पाएकी छन्। मतगणना जारी छ।