Connect with us
Kapilvast Forest

सेनाका सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त

२०८२, १९ असार बिहीबारमा प्रकाशित

काठमाडौं –

नेपाली सेनाको जंगीअड्डाले दुई सैनिक अधिकारीलाई बर्खास्त गरेको छ ।सैनिक आचरण विपरित कार्य गरेको आरोपमा सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्तीमा परेका हुन् । यद्यपि, उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने भनिएको छ ।सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना भएकोबारे भएको कोर्ट अफ इन्क्वायरीपछि बिहीबार यो आदेश आएको हो ।

उनीहरुबाट अपचलन भएको रकम भराउने समेत आदेश भएको एक सैनिक अधिकृतले बताए । यो प्रकरणमा जोडिएका कतिपय अधिकारीले अवकाश समेत पाइसकेका थिए । उनीहरुविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमार्फत ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढेको थियो ।

के हो घटना ?

सैनिक स्रोतका अनुसार, कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बीमा शाखामा आर्थिक वर्ष २०७८र७९ र ०७९र८० मा अनियमितता भएको सूचना आएपछि महासेनानी उत्तम सापकोटाको नेतृत्वमा ‘कोर्ट अफ इन्क्वाइरी बोर्ड’ गठन गरेर छानबिन थालिएको हो ।प्रारम्भिक जाँचमा कैफियत देखिएपछि केही सैनिक अधिकारीहरुलाई सैनिक प्रहरी गणको हिरासतमा राखेर छानबिन अघि बढाइएको थियो । त्यसक्रममा अवकाश पाइसकेका दुई जनालाई भने कारबाही गर्न भन्दै जंगीअड्डाले प्रहरीलाई पत्र लेखेको थियो ।

स्रोतका अनुसार, महासेनानी सापकोटाको नेतृत्वमा गठित कोर्ट अफ इन्क्वायरीले तत्कालीन आवास तथा बीमा शाखामा कार्यरत् सेनानी समीर गुरुङ, प्यूठ टिकाराम गोतामे र जमदार रवीन्द्र लुङ्गेलीको मिलेमतोमा आर्थिक अलपचन भएको प्रारम्भिक निष्कर्ष निकालेको थियो ।उनीहरूमध्ये गुरुङ र लुङ्गेलीले स्वेच्छिक अवकाश लिइसकेका थिए । सेनाबाट अवकाश पाएको ६ महिनापछि सैनिक ऐन आकर्षित नहुने हुँदा लुङ्गेली र गुरुङमाथि अनुसन्धान गरिदिन भन्दै जंगीअड्डाले प्रहरीलाई पत्राचार गरेको थियो ।

पत्रमा जंगीअड्डामा भएको प्रारम्भिक छानबिनका क्रममा बयान दिँदै गोतामे र लुङ्गेलीले सैनिक प्रहरी गणमा सेनानी गुरुङ समेतको संलग्नतामा बहालवाला प्यूठ गोतामेले ४०र५० लाख रुपैयाँ, लुङ्गेलीले एक करोड २५ लाख रुपैयाँबराबरको अपचलन गरेको खुलेको भनिएको थियो ।पछि आरोपीहरुको बयानका क्रममा सहायक रथी खड्का र सेनानी कार्कीको समेत संलग्नता खुलेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu